म्याग्दीको रघुगंगा गाउँपालिका १ तिप्ल्याङ स्थित बेनी जोमसोम सडक खण्डमा पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग १ ज ५९०९ नम्बरको जिपलाई रोकेर लुपाट गर्न खोज्ने ३ जना पक्राउ परेका छन् ।
अन्नपूर्ण गाउँपालिका ७ हिस्ताङ बस्ने वर्ष १६ का समित पुन, रघुगंगा गाउँपालिका १ टिप्ल्याङ बस्ने वर्ष १६ का यमस पुर्जा, पर्वतको जलजला गाउँपालिका ३ पारी बस्ने वर्ष १६ का कुशल पाईजालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले जिप रोकी यात्रुको साथमा रहेको नगद तथा झोला लुटेपछि पुगेको प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक नवराज भट्टले बताए।




