विजयपुर खोला किनारमा युवाको शव

पोखरा महानगरपालिका वडा नं. १४ मझेरीपाटनमा सोमबार शव फेला परेको छ । मझेरीपाटनको खानेपानी ट्यांकी नजिकै विजयपुर खोला किनारमा करिब ३५ वर्षका पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नवराज भट्टले बताए ।