ताजा समाचार

असार २ गते २०७६

जादु देखाउन आईतबार नदीमा पिँजडासहित डुबेका ब्यक्ति अझै फेला परेनन्

जादु देखाउनका लागि आफूलाई पिँजडामा थुनेर नदीमा डुबेका एक जना जादुगर आईतबारदेखि नदिमै बेपत्ता भएका छन् ।

भारतको पश्चिम बंगाल राज्यस्थित सोनारपुर निवासी जादुगर चञ्चल लाहिडी हुगली नदीमा बेपत्ता भएका हुन् ।

उनी तालासहितको पिँजडामा थुनिएर नदीमा डुबेको अवस्थामा सकुशल बाहिर निस्कने जादु देखाउने अभियानमा थिए । ४१ वर्षीय लाहिडीले यस प्रकारको कला यसअघि नै सफलतापूर्वक देखाइसकेको बताइन्छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले आइतबार हावडा पुल मुनी उक्त कला देखाउने योजना बनाएका थिए । प्रहरीले अनुमति नदिएका कारण उनी केही पर गएर आफ्नो कला देखाउने अभियानमा थिए ।

उनलाई सहयोगीहरुले हातखुट्टा बाँधेर पिँजडामा थुनिदिएका थिए । उक्त पिँजडामा ताला लगाएर क्रेनको मद्दतमा सो पिँजडासहित उनलाई नदीमा डुबाइएको थियो । अहिले सम्मपनि उनि बेपत्ता भएपछि गोताखोर र उद्धारकर्मीसहितको टोलीले उनको खोजतलास सुरु गरिएको भारतिय प्रहरीले जनाएका छन् ।