सविन राई पोखराको स्टेज तताउन आउँदै

चर्चित पप गायक सबिन राईको पोखरामा कन्सर्ट हुने भएको छ ।

असार ७ गते शनिबार राईले आफ्नो ब्यान्ड सबिन राई एन्ड द फेरोह सहित लेकसाइडमा कन्सर्ट गर्ने भएका हुन् । कोइला लउन्ज पोखराले आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा राईको प्रस्तुति राख्न लागेको हो ।

कन्सर्ट साँझ ५ बजेदेखि सुरु हुने अन्जु केसिले जानकारी दिइन् । राईका ‘तिमी नै हौ’, ‘कोमल त्यो तिम्रो’, ‘गुसाँसको फेदमुनी’, ‘मायाजालैमा’ लगायतका गीत चर्चित छन् ।