स्थानीय व्यापारीका कारण धरहरा निर्माण फेरी प्रभावित

धरहरा निर्माणमा स्थानिय व्यापारीले फेरि विवाद खदा गर्दा प्रभावित बनेको छ ।

धरहरापछाडिका व्यवसायीले पसल जस्ताले छेकिँदा व्यापार घटेको र आवातजावतमा समस्या भएको भन्दै विवाद झिकेका हुन् ।

व्यवसायीले बारेको जस्ता हटाएर धरहरा निर्माणस्थलबाटै हिँड्‍न थालेपछि काम गर्न असहज भएको धरहरा पुनर्निर्माण विज्ञ समितिका सदस्य राजुमान मानन्धरले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुसमा धरहरा पुनर्निर्माणको शिलान्यास गरेपछि वरपर जस्ताले बेरिएको थियो ।

निर्माणस्थलमा सम्बन्धित व्यक्ति र उपकरणबाहेकलाई प्रवेश गर्न दिइएको थिएन । तर, स्थानीय व्यापारीले बारिएका केही जस्ता निकालेर फ्याँकिदिएपछि सर्वसाधारण हिँड्न थालेका छन् ।