आज ४ स्थानीय तहमा सार्वजनिक बिदाको घोषणा

आज अल्पसंख्यक धिमाल समुदायको जात्री पर्व समापनको दिन सार्वजनिक बिदा दिईएको छ । पूर्वी नेपालका विभिन्न जिल्लामा बसोबास गर्दै आएका धिमाल समुदायले जात्रीलाई बिषेश पर्वको रुपमा मान्दै आएका छन् ।

हरेक बर्ष बैशाख २ गतेबाट सुरु भएको यो पर्व २ महिनासम्म मनाउने चलन छ । आज जात्री पर्वको समापनमा मोरङको उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी नगरपालिका र कानेपोखरी गाउँपालिका सार्वजनिक बिदा दिएको छ । यी चारै निकायले सूचना जारी गरेर सार्वजनिक बिदा दिएको जनाएको छ ।

प्रकृति पुजक धिमालहरु रोगव्याधी नलागोस्, वाली विरुवा लगाउने बेलामा वर्षात होस्, जंगली जनावरले दुःख नदियोस् भन्दै महाराजथानमा गएर सामूहिक पूजा गर्ने चलन छ । सोही विश्वासको कारण पनि धिमालहरुले जात्री पर्वलाई महान र धुमधामसंग मनाउने गर्छन् ।