आज कतिवेला हुन्छ मेघ गर्जन र हावाहुरी सहित वर्षा ?

यस बर्ष मनसुन ढिलो हुँदा देशभर गर्मी ह्वात्तै बढेको छ । केही स्थानमा बर्षा हुँदा केही राहत मसहुस भईरहेको छ । आज सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदली हुने बताईएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिँउसो देशका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पूर्वी तथा मध्य भू/भागका केही स्थानहरुमा र पश्चिमी भू/भागका एक दुई स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।