पचभैयाको चिडियाखानालाई ५ करोड

गण्डकी सरकारले पोखरा महानगरपालिका अन्तर्गत पचभैयामा अन्तर्राष्ट्रियस्तरको प्राणी उद्यान (जुलोजिकल पार्क) स्थापना गर्न विस्तृत आयोजना प्रतिवेदन तयार गरी स्थापनाको काम सुरु गर्न ४ करोड विनियोजन गरेको छ ।

आइतबार प्रदेशसभामा प्रस्तुत बजेटमा पचभैया वन्यजन्तु उद्धार केन्द्रको लागि १ करोड रकम रहेको उल्लेख छ । पोखरा युनाइटेड क्लबको अगुवाइमा महोत्सव गरी चिडियाखानाका लागि प्रत्येक वर्ष केही रकम छुट्याएर काम सुरु भइसकेको छ । चाडै चिडियाखाना सर्वसाधारणका लागि खुला गर्ने जुलोजिकल पार्कका अध्यक्ष हिमालय बख्रेलले बताएका छन् ।