गण्डकी सरकारले हिंसा पीडित र विपद्बाट पीडितका लागि विभिन्न योजना ल्याएको छ । स्थानीय तहसँगको समन्वयमा हिंसा प्रभावितका लागि म्याग्दी, पर्वत, स्याङ्जा, गोरखा, लमजुङ र नवलपुरमा पुनस्र्थापना केन्द्र स्थापना गर्न लागिएको छ ।
केन्द्रका लागि १ करोड बजेट छ । श्रमिक तथा जोखिममा परेका बालबालिकाको लागि पुनस्र्थापना केन्द्र तथा बालमैत्री कार्यक्रम सञ्चालन गर्न पनि व्यवस्था भएको आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जनाए । बसुन्धारा पार्कमा गणतन्त्र स्मारकसहितको अत्याधुनिक पार्क निर्माण गरिने भएको छ ।
सरकारले गोरखा, मनाङ र मुस्ताङमा विपद् उद्धार केन्द्र स्थापना गर्नका लागि १ करोड ५० लाख विनियोजन गरेको छ ।






