अन्तरसमाज महासंघको टोली रामकोट सामुदायिक होमस्टमा

अन्तरसमाज महासंघको एक टोली तनहूँको बन्दीपुर ३ स्थित रामकोट सामुदायिक होमस्टे पुग्यो । टोलीले होमस्टेमा २ दिन बितायो ।

महासंघका सदस्यहरुबीच आत्मीयता प्रगाढ बनाउने, विभिन्न जातजातिको संस्कृति तथा ग्रामिण भूधरातलको वस्तुस्थिति बुझ्ने बुझाउने उद्देश्यका साथ होमस्टे अवलोकन गरिएको महासंघका कोषाध्यक्ष युमराज अगस्तीले जानकारी दिए ।

उनका अनुसार महासंघकी अध्यक्ष मञ्जु पौडेल भट्टराईको नेतृत्वमा १५ जनाको टोली होमस्टे पुगेको थियो ।

टोलीमा कार्यक्रम संयोजक तथा सदस्य शोभाकर थापा (कोपिला), प्रथम उपाध्यक्ष भानु भण्डारी क्षितिज, महासचिव विजयकुमार प्रधान विपुल, कोषाध्यक्ष युगमराज अगस्ती, सदस्य प्रेमशंकर बरुवाल, फत्तेजंग गुरुङ, चन्द्रा पराजुली, शारदा गौतम लगायत सहभागी थिए ।

उक्त अवसरमा टोलीले तनहुँको पर्यटकीयस्थल बन्दीपुरसमेत अवलोकन गरेको सदस्य फत्तेजंग गुरुङले जानकारी दिए ।

महासंघकी अध्यक्ष भट्टराईले पारिवारिक वातावरणमा होमस्टे र बन्दीपुर अवलोकन भ्रमण होमस्टे प्रवर्द्धनमा टेवा पुग्नुका साथै महासंघका सदस्यबीच आत्मीयता बढाउन महत्वपूर्ण भएको बताइन् ।

रामकोट सामुदायिक होमस्टेकी अध्यक्ष विहीसाहरा आलेले महासंघ टोलीको होमस्टे आगमनले होमस्टे प्रवर्द्धनमा सघाउने दावी गरिन् । उनले आगामी दिनमा पनि होमस्टे आउन र अन्यत्र पनि होमस्टेको प्रचार गरिदिन आग्रह गरिन् ।