जीतलाल लगायतका नेता कांग्रेसमा प्रवेश गरेपछि नेकपा धादिङमा महाभूकम्प

तत्कालिन नेकपा एमालेबाट साविकको धादिङ नीलकण्ठ गाविसको निर्वाचित उपाध्यक्ष तथा नीलकण्ठ नगरपालिका वडा नं २ का वडाध्यक्षका उम्मेदवार जीतलाल गुरुङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस केन्द्रिय कार्यालय सानेपामा पार्टीका मुख्यसचिव कृष्ण पौडेल र नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले उनलाई सदस्यता प्रदान गर्दै नेपाली कांग्रेसमा प्रवेश गराए ।

गुरुङसँगै युवराज गुरुङ, सोमबहादुर गुरुङ, टीका बहादुर गुरुङ, भीमबहादुर गुरुङ र लालबहादुर गुरुङ पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

उनीहरु कांग्रेसमा प्रवेश गरेसंगै नेकपा धादिङमा महाभूकम्प गएको छ । सामाजिक सञ्जाल तथा अन्य माध्यममा जीतलाल गुरुङलगायत विरुद्ध कडा प्रतिक्रिया आएका छन् ।

नेकपा समर्थित नेता कार्यकर्ताले उनीहरुलाई दलाल र गद्धारको संज्ञा दिएका छन् ।

स्रोतका अनुसार अन्य केही नेता समेत नेकपा छाडेर कांग्रेसमा प्रवेशको तयारीमा छन् ।