१९ जना डिआइजीको सरुवा, को कहाँ पुगे ? (तालिकासहित)

गृह मन्त्रालयले १९ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयअनुसार प्रदेश तथा अन्य विभिन्न स्थानमा डिआइजी फेरिएका हुन्।

सरुवा सूचीअनुसार एक नम्बर प्रदेशमा ठाकुर ज्ञवाली सरुवा भएका छन्। सुदूरपश्चिम प्रदेशमा तारिणी लम्सालको सरुवा भएको छ।

अन्यथा नभए वर्तमान नेतृत्वको अवधि समाप्त भएपछि उनीहरु दुई मध्येबाट एक जना ६ महिनाका लागि प्रहरी महानिरीक्षक बन्नेछन्।

गृह स्रोतका अनुसार प्रदेश दुईमा त्यसपछि आउने नेतृत्वका दाबेदार प्रद्युम्न कार्कीको सरुवा भएको छ। उनी प्रहरी राष्ट्रिय शिक्षण प्रतिष्ठानमा कार्यरत थिए।

सरुवा अनुसार केदार रिजालको योजना तथा अन्वेषण शाखा, तीन नम्बर प्रदेशमा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, पाँचमा सुरेशविक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशीको सरुवा भएको छ।

एसएसपी दरबन्दी कायम गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षामा सूर्य उपाधय्यायको सरुवा भएको छ।

भरतपुर तालिम केन्द्रमा हरिभक्त प्रजापति, विशेष ब्युरोमा हरिबहादुर पाल, अख्तियारमा कमल जिटी, महिला बालबालिका सेवा निर्देशनालयमा पिताम्बर अधिकारीको सरुवा भएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रीय अनुसन्धान ब्युरो र लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख यथावत् छन्। प्रहरी प्रवक्तामा विश्वराज पोखरेललाई कायम गरिएको छ। 

यसैगरी गण्डकी प्रदेश प्रहरी कार्यालयमा भने विनोद शर्मा घिमिरे आउने भएका छन् । उनी यसअघि प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयमा थिए ।

सरुवा सूची

प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६, ०८:५१:००