श्रीमती संगठन पोखराले मनायो प्रथम वार्षिकोत्सव

सामाजिक सञ्जालबाट संगठित भएको श्रीमती संगठन पोखराले विविध कार्यक्रम गरी आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा संगठनले कास्कीको रुपा गाउँपालिकास्थित पृथ्वीरुपा मावि र पोखराको छोरेपाटनस्थित मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ ।

संगठनले पृथ्वीरुपमा माविमा युरोगार्ड, पिउने पानीका बोटलसहित छात्रा विद्यार्थीका लागि प्याड वितरण गर्यो । युरोगार्डसहितको सामग्री विद्यालयका अध्यक्ष भद्रबहादुर सुवेदीलाई हस्तान्तरण गरिएको हो ।

उक्त अवसमा बोल्दै विद्यालयका अध्यक्ष सुवेदीले श्रीमतीहरु संगठित भएर समाज सेवामा लाग्नु निकै सह्रानीय काम भएको बताए । उनले विद्यालयका लागि संगठनले गरेको सहयोग निकै महत्वपूर्ण हुने भन्दै उनले सहयोगको सही सदुपयोग गर्ने प्रतिवद्धता जनाए ।

संगठनकी सदस्य वेनु लामिछाने पण्डितले महिलाहरुबीच दुःख, सुख साँट्न संगठन बनाइएको भन्दै सामजिक कार्यलाई विशेष महत्व दिंदै अघि बढ्ने बताइन् ।

यसैगरी छोरेपाटनको मानव सेवा आश्रममा करिब २० हजार रुपैयाँको खाद्यान्न सामग्री सहयोग गरेको संगठनकी सदस्य ईशा बाँस्तोलाले जानकारी दिइन् । वार्षिकोत्सव अवसरमा संगठनमा आवद्ध सदस्यहरु बीच केक काटेर वार्षिकोत्सव मनाइएको उनले बताइन् ।

संगठनकी सदस्य पण्डितका अनुसार संगठमा २० देखि ४० वर्ष भित्रका विवाहित महिला सदस्य बन्न पाउनेछन् । पोखरामा १ हजार सदस्य संगठनमा आवद्ध भइसकेको उनले बताइन् ।