गोली हानेर प्रेम जोडीद्धारा आत्महत्या

राजस्थानको जैसलमेरमा एक जोडीले आफैलाई पेस्तोल हानेर आत्महत्या गरेका छन् ।

प्रहरीका अनुसार दुवै २१ वर्षका प्रेमि शंकर जाट र प्रमिका अन्जु सुथारले घरेलु हिसाबले बनाइएको पेस्तोलले आफैलाई गोली हानेर हत्या गरेका हुन् ।

पेस्तोलले गोली हान्नुअघि उनीहरुले खिचेको तस्बिर सामाजिक सन्जालमा भाइरल बनेको छ ।प्रहरीका अनुसार युवतीको करिव डेढ महिनाअघि विवाह भएको थियो भने युवक अविवाहित थिए ।

दुवैको प्रेम सम्बन्ध भएको र एक आपसमा विवाह गर्न नपाउँदा आत्महत्या गरेको हुनसक्ने अनुमान लगाइएको छ । मृतकहरुको शव मोर्चरीको स्वास्थ्य केन्द्रमा राखिएको छ घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।