यसपटक मनसुनअगावै डेंगु फैलिएकाले संक्रमण अझ बढ्न सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।
धरानमा व्यापक भइसकेको डेंगु बिस्तारै मोरङ र झापामा समेत फैलिएपछि संक्रमण बढ्न सक्ने चेतावनी दिएका हुन् । गत वर्ष दसैँ–तिहारतिर राजधानीको बालाजु क्षेत्र र पोखरामा डेंगु संक्रमण देखिएको थियो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार डेंगुको कुनै विशिष्ट उपचार छैन । छिटो रोग पत्ता लगाउनुका साथै उचित चिकित्सकीय हेरचार पु¥याउन सके मृत्युदर १ प्रतिशतभन्दा कम हुनसक्छ । प्लोस नेग्लेक्टेड ट्रपिकल डिजिजमा प्रकाशित एक अध्ययनअनुसार १२८ मुलुकका ३ अर्ब ९० करोड जनसंख्या डेंगुको जोखिममा छन् ।




