सरकारले सबै खाले सार्वजनिक सवारी साधनमा लागू हुने गरी भाडा वृद्धि गरेको छ।
यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दहालले सबै खाले सवारी साधनमा लागू हुने गरी १२ प्रतिशत बढाइएको जानकारी दिएका हुन् ।
विभागले मेकानिकल पार्टस्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका आधारका भाडादर कायम गरिएको बताएको छ। यायायात व्यवसायीले भाडादर समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए।






