विज्ञापन समावेशी नभएकोले संशोधन गरि पुन: प्रकाशन गर्नुपर्छ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले स्थानीय तहका लागि आयोगले प्रकाशन गरेको विज्ञापन समावेशी नभएकोले रद्द गरेर संशोधन गरि पुन: प्रकाशन गर्नुपर्ने बताएका छन् ।

बिहिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै संविधानअनुसार लोक सेवाको विज्ञापन ४५ प्रतिशत सभावेशी हुनुपर्ने अडान राखेको बताएका हुन् ।

लोक सेवा आयोगको विज्ञापन स्थगित गर्न लगाएर पार्टीहरूले निर्वाचित जनप्रतिनिधिका भाइ, भतिजा, छोराछोरी, आफन्त र आसेपासे करारमा राख्न लागेको आरोप लागेका बेला कांग्रेसले करारको पक्षमा पार्टी नरहेको आयोगबाट नै कर्मचारी राख्नुपर्ने बताएका छन् ।

आयोगले स्थानीय तहका लागि पदपूर्ति गर्न ९ हजार एक सय ६१ आवेदन मागेकोमा अहिलेसम्म करिब एक लाखले आवेदन दिइसकेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले आयोगको विज्ञापन समावेशी नभएको देखिएकोले स्थगित गर्न निर्देशन दिएको छ भने तत्काल कर्मचारी आवश्यक परे करारबाट लिन सकिने भनेको छ ।