भारतको दिल्लीबाट झांसी गइरहेको केरला एक्सप्रेसको रेलभित्रै चार जना यात्रीको मृत्यु भएको छ। उनीहरु चारैजनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको बताइएको छ।
मृतकको शव झांसीमा रेलबाट उतारिएको छ । आगराबाट ६५ जनाको ग्रुप कोयम्बटूर गइरहेको थियो ।चार दिन अगाडि उनीहरु घुमघामका लाति निस्केका थिए । रेलभित्रै यात्रुहरु बेहोस भएपछि बोलाइएका डाक्टरले चारैजनालाई मृत घोषित गरेका थिए ।






