सटरिङ खोल्दा छतै खस्यो, कामदारको मृत्यु

गोरखाको सुलिकोट गाउँपालिका २ बारपाकमा घरको सटरिङ खोल्दा छतै खसेर कामदारको मृत्यु भएको छ ।

नयाँ बन्दै गरेको ३ तले घरको तेस्रो तलाको छत ढलानपश्चात प्रयोग गरेका प्लाइ (सटरिङ) खोल्दै गर्दा छतसहित खसेर देवेन्द्र घलेको मृत्यु भएको हो । चुनबहादुर घलेको बन्दै गरेको नयाँ घरमा लेबर काम गर्ने घलेको छत र बिम (पिल्लर) को बीचमा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।