२ सय मुलुकमा इन्टरनेटको यस्तो छ पोजिशन,नेपालमा भने सुस्त

ब्रोडब्यान्ड इन्टरनेटको गतिमा नेपाल २ सय मुलुकमध्ये १ सय ४४औँ स्थानमा छ । विश्वभरका मुलुकको ब्रोडब्यान्ड इन्टरनेट तुलना गर्ने सस्था संयुक्त अधिराज्य बेलायतस्थित ‘केबल डट को डट युके’ले अन्तर्राष्ट्रिय उपभोक्ता अनुसन्धानमूलक परामर्श संस्था ‘बिभिए बिडिआरसी’को सहयोगमा सन् २०१८ मा संयोजन गरेको २ सय मुलुकको तथ्यांकले यस्तो देखाएको हो ।

नेपालमा २० हजार ८ सय ८७ पटक गरिएको परीक्षणमा इन्टरनेटको औसत गति २ दशमलव ३६ प्रतिशत देखिएको छ । यद्यपि, अघिल्लो वर्षको तुलनामा नेपालको इन्टरनेट गतिमा १ दशमलव ३९ एमबिपिएस सुधार गर्दै २५ स्थानमाथि उक्लिएको हो ।

दक्षिण एसियामा भारत र श्रीलंकाबाहेक अन्य मुलुकको तुलनामा नेपालमा औसत इन्टरनेटको गति उच्च छ । यता विश्वकै सस्तोमध्ये पर्ने भए पनि सरकारकै कारण नेपालमा इन्टरनेट सेवा प्रदायक ९आइएसपी० ले दिने फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट महँगो हुने भएको छ ।

सरकारले चालू आर्थिक वर्षको आर्थिक विधेयकमार्फत इन्टरनेटमा लगाएको १३ प्रतिशत दूरसञ्चार सेवाशुल्क ९टिएससी० फिर्ता नभएको भन्दै आगामी १ साउनदेखि २० प्रतिशत मूल्य वृद्धि गर्ने इन्टरनेट सेवा प्रदायक संघ नेपाल ९आइस्पान० ले घोषणा गरिसकेको छ ।