मुक्तिनाथमा हजारौं भारतीय आउँदै छन्(भारतीय राजदुतको भिडियो)

नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरीले पोखरा र मुक्तिनाथको पर्यटन अब उल्लेख्य रुपमा बढ्ने बताएका छन् । केही समयअघि भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमण र यहाँ बन्दै गरेको एअरपोर्टले पर्यटनको विकासलाई सघाउने उनले बताए ।

उनले पासपोर्ट नचाहिने, सुन्दर ठाउँ पोखरा धेरै भारतीयको मन पर्ने स्थान भएको बताए । मुस्लिम धार्मिक सेवा संघ पोखरा १३ मा आइतबार यहाँका मुस्लिम समुदायसँग अन्तक्र्रिया गर्दै उनले यस्तो बताएका हुन् । उनले मुस्लिम समुदायमा प्रचलित सेबइमात्र खाएनन्, सहयोग गरिरहने प्रतिवद्धता पनि गरे ।

समितिलाई भारतीय दुतावासले एम्बुलेन्स दिएको छ । उनले भद्रकाली बहुमुखी क्याम्पसको भवन उद्घाटन गर्ने गरी फेरि पोखरा आउने प्रतिवद्धता गरे ।