नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले सभामुख कृष्णबहादुर महराले नै संसद नियमावली उल्लंघन गरेको आरोप लगाएका छन् । उनले विपक्षीले जिज्ञाशा राखी विरोध गरिरहेका बेला सांसद अघि बनाउन खोजेको भन्दै संसदको नियमावली उल्लंघन भएको आरोप लगाए ।
उनले धर्म प्रचारको टोपी लगाएर नेपालीमाथि प्रहर भएको जिकिर गरे । उनले माइतीघर मण्डेला जम्मा भएर शान्तिपूर्ण आन्दोलनमा निर्मम प्रहार गरेको बताए । उनले भने, ‘टुडिखेलमा जम्मा होऔ भने सरकारले बेचिसक्यो । माइतीघरमा जम्म नभए कहाँ जम्म हुने ?’
गुठियारमाथि शुक्रबार भएको दमनको विरोधम कांग्रेसले सांसदमा विरोध गरिरहेको छ । गुठीको भूमिलाई रैकर बनाउने गरी विधेयक बन्न लागेको भन्दै कांग्रेसले विरोध गरेको हो ।
नेकपा सांसद पम्फा भुसालले गुठियारमाथि भएको दमनको विरोध गरिन् । उनले गुठियारहरुको सुझाव लिएरमात्र अघि बढ्न आग्रह गरिन् ।
भूमि सुधार मन्त्री पद्या अर्यालले गुठीयारहरुको मागबारे सरकार गम्भीर भएको बताइन् । निषेधित क्षेत्र तोड्न लाग्दा सुरक्षाकर्मीले पानीको फोहोरा प्रहार गरेको र गिरफ्तार गरेको बताइन् । गुठीसम्बन्धी कानुन सांसदमा प्रस्तुतै नभएकाले सांसदमा प्रस्तुत भएपछि त्यसबारे छलफल, संशोधन गरी अघि बढ्ने बताइन् । उनले नेपाली संस्कार, संस्कृतिमाथि प्रहार गर्ने गरी विधेयक नबनेको बताइन् ।






