आईतबार साँझ पर्सामा आएको हावाहुरीको कारण ५ जना घाईते भएका छन् । वीरगन्ज महानगरपालिकामा मात्र १६ वर्षीय ओमप्रकाश साह, १८ वर्षीय दिपेन्द्र पटेल , १५ वर्षीय सुनिल पटेल तथा वीरगन्ज १६ इनरुवामा गुल्सन खातुन र ३८ वर्षीया पत्नी शायदा खातुन घाइते भएका हुन्।
घाइतेको ५ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको घाईते भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद घट्टराईले बताएका छन् । उनीहरु घरको पर्खाल र घर भत्किदा घाईते भएको बताईएको छ । हावाहुरीले फेरी भौतिक क्षति पु¥याएको हो ।
रुखहरु ढलेका कारण इनरुवामा सडक अवरुद्ध भएको थियो । हावाहुरीले छपकैयामा रहेको प्रहरी चौकीको पर्खाल पनि भत्काएको छ । हाल सो क्षेत्रमा क्षतिको विवरण संकलन भईरहेको छ । यसअघि पनि टोर्नाडो र शनिबार आएको हावाहुरीको कारण पनि ठुलो क्षति भएको थियो ।
कञ्चनपुर र कैलालीमा हावाहुरीको क्षतिको संकलन
तीन दिनअघि कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट भएको क्षतिको प्रारम्भिक विवरण सङ्कलन भएको छ ।
कञ्चनपुरमा मात्र हावाहुरीका कारण ८७० घरधुरीमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क आएको जिल्ला रेडक्रस सोसाइटीको कार्यालयले जनाएको छ । रेडक्रसका अनुसार कञ्चनपुरमा ३७ घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् ।






