द्वारिकाले फिर्ता लिए आफ्नो भनाइ

पत्रकारको नाक भाच्ने धम्की दिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफ्नो भनाइ फिर्ता लिएका छन् । आइतबार साँझ प्रेस विज्ञप्ति निकालेर उनले आवेगजन्य परिस्थितिका कारण पत्रकारलाई धम्कीको भाषा प्रयोग भएको दाबी गर्दै उनले पत्रकार र प्रेस जगतमा परेको चोटप्रति दुःख व्यक्त गरेका छन् ।

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै उनले यो अभियानमा प्रेस जगतको सहयोगको अपेक्षासमेत गरेका छन् । उनले इटहरीका पत्रकार विराट अनुपमलाई फोनमा ‘नाकको हड्डी भाँचिदिने र त्यसका लागि एक करोडको घडेरी राखेको’ भन्दै धम्की दिएका हुन्  । उनको भनाइको व्यापक विरोध भएको थियो ।