माछा मार्न गएकी युवतीको फुस्रेखोलामा डुबेर मृत्यु

माछा मार्न भनी गएकी एक युवतीको फुस्रेखोलामा डुबेर मृत्यु भएको छ । शनिबार पोखरा १७ डेबिटफल्स नजिकै फुस्रोखोलाको काउसेघारीमा माछा मार्न गएकी घारीपाटनकी २४ वर्षीया युनिसा गुरुङ खोलामा डुबेर बेपत्ता भएकी थिइन् । प्रहरीले खोलामा उनलाई मृत फेला पारेको हो ।