‘कार्यालय प्रमुखलाई मन्त्रीको निर्देशन कार्यक्रम’ मा सञ्चारकर्मीलाई निकालिएको घटनाप्रति सप्तरीका सिडिओ सुरेन्द्र पौडेलले माफी मागेका छन् ।
आज राजविराजमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हक सम्बन्धि अन्तरक्रियामा उनले माफी मागेका हुन् ।
शनिबार भएको कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवकै निर्देशनमा सञ्चारकर्मीलाई बाहिर जान आग्रह गर्नु परेको सिडिओ पौडेलले बताए । सञ्चारकर्मी वा आमनागरिकलाई सूचनाको हकबाट वञ्चित गर्ने वा अपमान गर्ने आफ्नो कुनै मनसाय नरहेको उनले स्पष्ट पारे ।
‘कार्यालय प्रमुखलाई मन्त्रीको निर्देशन कार्यक्रम’ बाट निकाएपछि सञ्चारकर्मीले मन्त्रीको अर्को कार्यक्रम पनि वहिष्कार गरेका थिए ।






