कास्कीको अन्नपूर्ण गाउँपालिकाको वार्ड न ११ बाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कास्कीका जिल्ला सेक्रेटरी आक्रोससहित २१ जना प्रहरी घेराबन्दीमा परेका छन् ।
आमा समुहको हलमा बैठक बस्दै गर्दा हल नै प्रहरीले घेराउ गरेको छ । पार्टीनिकट विद्यार्थी संगठन अखिल ९क्रान्तिकारि०को बैठक बस्दै गर्दा हल नै प्रहरीले घेराउ गरेको हो । जिल्ला सदस्य तथा एरिया ईञ्जार्च सन्तोष परियार (परिवर्तन), विद्यार्थी संगठनका केन्द्रिय सदस्यहरु मिलन राई र काजी गुरुङ सहितका नेता कार्यकर्ता पक्राउ परेका श्रोतले बतायो ।
अहिले पनि उनिहरुलाई भवन भित्रै राखेको छ । जिल्लास्तरीय पार्टीका केही नेता र विद्यार्थीका केन्द्रिय सदस्यहरुसहित जिल्लाका नेताहरु घेराबन्दीमा परेको नेकपानीकट स्रोतले जनाएको छ ।






