शनिबार प्रधानमन्त्री किन निस्किदै छन् एक हप्ते युरोप भ्रमणमा,के गर्नेछन युरोपमा ?

प्रधानमन्त्री केपी शर्मा ओली आजबाट युरोप भ्रमणमा निस्कदैछन् । ओली एक हप्ता लामो यूरोप भ्रमणमा जाने भएका हुन् ।

स्विटजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमण गर्ने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमण सकेर प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्कनेछन् ।प्रधानमन्त्री जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

त्यसपछि जेठ २७ गते बेलायतमा अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने, नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम समेत तय भएको छ । जेठ २९ गते भने प्रधानमन्त्री फ्रान्स जानेछन् र त्यहाँका उच्च स्तरीय भेटघाट गर्ने छन् ।

यसैबीच प्रधानमन्त्रीको युरोप भ्रमण द्धिपक्षीय महत्वको विषयमा केन्द्रित हुने ओलीका परराष्ट्र मामिला सल्लाहकार डा।राजन भट्टराईले जानकारी दिए ।उनले बेलायत, स्वीट्जरल्याण्ड र फ्रान्ससँगको सम्बन्धका आधार र सहकार्यलाई प्राथमिकतामा राखेर भ्रमण हुने स्पष्ट पारे ।

भ्रमणको क्रममा नेपालले लामो राजनीतिक संक्रमण अन्त्य गरेको अवस्था र नयाँ संविधान जारी गरेपछिको अवस्थाबारे पनि प्रधानमन्त्री ओलीले राख्ने पनि उनले जनाए । उनले ब्रिटिश गुर्खासम्बन्धी समस्याको बारेमा नेपालले आफ्नो राष्ट्रिय अडान र मान्यतालाई कायम राख्दै अघि बढ्नेपनि जनाए ।

प्रधानमन्त्री ओलीले जेनेभास्थित आई।एल।ओको सय वर्ष पुगेको अवसरमा आयोजित शतवार्षिकी कार्यक्रममा चौथो वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, प्रधानमन्त्रीको बेलायत भ्रमण अक्सफोर्ड विश्विद्यालयमा सम्बोधन गरेर औपचारिक रुपमा सुरु हुनेपनि उनले जानकारी दिए । त्यस्तै, पेरिसमा पनि विभिन्न उच्च तहका भेटवार्ता हुने र नेपाली समूदायसँगपनि भेटवार्ता हुने कार्यक्रम तय भएको उनको भनाई छ ।