सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीले ठूलो क्षति गरेको छ । हुरीका कारण कम्तीमा एक जनाको ज्यान गएको छ भने एक सयभन्दा धेरै घाइते भएका छन्।
कैलालीको लालपुरका वीरबहादुर चौधरीको मृत्यु भएको हो । घाइतेको सेती अञ्चल अस्पताल, निसर्ग अस्पताल, माया मेट्रो र अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। हुरीले ठाउँ ठाउँमा रुख ढलेका छन् भने कयौँ घरका छाना उडाएको छ । हावा हुरीले बिजुलीका पोल पनि लडाएको छ। बिजुलीका पोल ढलेपिछ कयौँ स्थानमा विद्युत अवरुद्ध भएको छ । स्थानीयबासीले बारा र पर्साको जस्तै ठुलो हावा हुरी आएको बताएका छन्।






