म्यानपावरले एजेन्ट राख्न नपाउने

वैदेशिक रोजगार व्यवसायीहरुले अब कम्पनीमा प्रतिनिधि (एजेन्ट) राख्न नपाउने भएका छन् ।

केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन २०७५ सरकारबाट २०७५ फागुन ११ प्रमाणीकरण भई वैदेशिक रोजगार ऐन २०६४ संशोधन भएसँगै म्यानपावर कम्पनीहरुले एजेन्ट राख्न पाउने प्रावधान खारेज भएको छ । 

म्यानपावर कम्पनीले वैदेशिक रोजगारीसम्बन्धी कुनै पनि काम एजेन्टमार्फत नगराउन सरकारले सूचना समेत जारी गरेको छ । यदि एजेन्टमार्फत् वैदेशिक रोजगारीका काम कार्बाही अघि बढाइएमा सरकारले त्यस्ता म्यानपावरलाई कार्बाही गर्ने जनाएको छ । एजेन्टमार्फत् वैदेशिक रोजगारीमा जटिल किसिमका ठगी बढ्दै गएका कारण यस्ता ठगी अन्त्य गर्न एजेन्ट खारेजीको प्रक्रिया अगाडि बढाइएको वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताए ।