शिवालय चोकमा उदम्बरा रेस्टुरेन्ट

पोखरा ८ शिवालय चोकमा उदम्बरा नामको नयाँ रेस्टुरेन्ट सञ्चालनमा आएको छ । बुधबार नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी अध्यक्ष सञ्जीवबहादुर कोइराला र पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष दामु अधिकारीले रेस्टुरेन्टको औपचारिक सुरुआत गरे ।

कोइरालाले युवाले गरेको प्रयास सार्थक बन्ने विश्वास व्यक्त गरे । उनले अन्य व्यवसायमा सफल युवाको यो व्यवसाय पनि सफल हुने उनको भनाइ छ । अधिकारीले उपभोक्तालाई स्वास्थ्यकर खाना र ग्राहकमैत्री वातावरण दिन सुझाव दिए ।

४ युवा व्यवसायीको लगानी रहेको उदम्बरामा प्रशस्त पार्किङ, गार्डेनमा रमाउँदै स्वादिस्ट परिकार पारिवारिक वातावरणमा उपलब्ध रहेको सञ्चालकमध्येका एक चेतबहादुर (चेतन) कार्कीले बताए । रेस्टुरेन्टमा संघ, संस्थाको बैठकका लागि हल उपलब्ध छ । पोखराको मुख्य बजार नजिकै रहेको र ग्राहकमैत्री सेवा र सुलभ खानाका परिकार उपलब्ध रहेकाले सेवाको मौका दिन सञ्चालक कार्कीले अनुरोध गरेका छन् ।