नेपालको पहिलो भू-उपग्रह यतिबेला अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस) मा रहेको छ । अब उक्त भू-उपग्रह ‘नेपाली स्याट-१’ आउँदो असार २ मा पृथ्वीको कक्षमा छाडिने भएको छ ।
एक महिनादेखि आइएसएस मा रहेको छ । अब उक्त भू-उपग्रह पृथ्वीको कक्षमा छाडिने भएको हो । अन्तरिक्ष कक्षमा अन्तरिक्षयात्रीहरूले स्याटलाइटका विभिन्न कम्पोनेन्टले काम गरेरनगरेको परीक्षण गरिसकेका छन् ।
५ जेठमा अन्तरिक्ष कक्षमा डकिङ भएको नेपाली स्याटलाइट असार २ मा पृथ्वीको कक्षमा छाड्ने तयारी रहेको नासाको भनाई उद्धृत गर्दै नास्टका प्रविधि विभागका प्रमुख डा. रवीन्द्र ढकालले बताए ।
अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल-ए टिकेले अमेरिकाको भर्जिनियास्थित “मिड-एटलान्टिक स्पेसपोर्ट लन्च प्याड”बाट ४ वैशाखमा नेपाली भू-उपग्रहसहितको कार्गो अन्तरिक्ष पठाइएको थियो ।
जुन भू-उपग्रह नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जापानको क्युसू इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) को सहकार्यमा निर्माण भएको थियो । नेपाली भू-उपग्रह निर्माणमा नेपालका आभाष मास्के र हरिराम श्रेष्ठ रहेका थिए ।




