वाराको महागढीमाई नगरपालिका ६ का वडाध्यक्ष रामजीप्रसाद बरै घूससहित समातिएका छन् ।सांसद विकास कोषबाट आएको रकमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बबुआइनको कम्पाउण्ड वाल बनाउन उपभोक्ता समिति गठन गरी काम सुरु गर्नुपूर्व विभिन्न बहाना गरी उनले घूस मागेका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले बरैलाई सोही नगरपालिकाको वडा नं. ६ का मुसहर बैठासँग २ लाख ७५ हजार लिँदै गर्दा कलैया उपमहानगरपालिका ७ स्थित दुर्गा माध्यमिक विद्यालय हाताबाट रंगे हात नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।






