वेबसफ्ट टेक्नोलोली पोखराले स्थापनाको सातौं वार्षिकोत्सव मनाएको छ । शनिबार एक कार्यक्रमका बीच वेबसफ्टले वार्षिकोत्सव मनाएको हो । वेवसफ्टले सफ्टवयर डेभलपमेन्टका क्षेत्रमा काम गर्दै आइरहेको छ ।
पोखराको सिर्जनाचोकमा प्रधान कार्यालय रहेको वेबसफ्टले सातौं वार्षिकोत्सवको अवसरमा यु.के.मा शाखा विस्तार गरेको छ । सेवालाई थप प्रभावकारी र विस्तार गर्ने लक्ष्यसहित यु.के.मा शाखा विस्तार गरिएको वेबसफ्टका संस्थापक ईश्वरराज चालिसेले जानकारी दिए । यु.के. शाखाको प्रवन्धक सुमन चालिसे छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि ला ग्राण्डी कलेजका संस्थापक देवराज चालिसेले प्रविधिका क्षेत्रमा वेबसफ्टले पु¥याएको गोगदान महत्वपूर्ण रहेको बताए ।
वेबसफ्टका संस्थापक आनन्दराज पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा क्यान कास्कीका अध्यक्ष युवराज पौडेल, ला ग्राण्डी कलेजका प्रिन्सिपल किरण केसी, पोखरा इन्जिनियरिङ कलेजका हिमलाल भुसाल, एक्यापका प्रमुख लेखापाल मनिक श्रेष्ठ, लायन्स क्लब अफ पोखरा मेट्रोसिटीका पूर्व अध्यक्ष विशाल गुरुङ, इलेक्ट अध्यक्ष अजय श्रेष्ठ, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।




