मंगलबार सुनको मुल्य कतिमा कारोवार भैरहेको छ ?

नेपाली बजारमा मंगलबार छापावाल सुनको भाउ तोलामा ६१ हजार ७०० मा कारोबार भइरहेको छ । सोमबार सुनको भाउ ६१ हजार ५०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन ६१ हजार ४०० मा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ तोलामा रु ७१० मा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।