सडक दुर्घटनामा परि पोर्चुगलमा एक नेपालीको मृत्यु

युरोपेली देश पोर्चुगलमा भएको सडक दुर्घटनामा एक नेपाली युवकको मृत्यु भएको छ ।

पोर्चुगलको बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा शुक्रबार साइकललाई तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा गुल्मीको मुसीकोट नगरपालिका– ६ का ३६ वर्षीय रमेशकुमार शर्मा रिजालको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते रिजालको उपचारका क्रममा सोही राति निधन भएको पोर्चुगलमै बस्दै आएका उनका दाजु अमृत रिजालले जानकारी दिए । मोटर साइकल चालक ४२ वर्षीय पोर्चुगाली डिनेश पनि गम्भीर घाइते भएका छन् ।