थाइल्याण्डका लागि आवासीय राजदूत ढकालले लिए शपथ

थाइल्याण्डका लागि आवासीय राजदूत गणेशप्रसाद ढकालले शपथ लिएका छन् । राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजदुत ढकाललाई शपथ गराएकी हुन् ।

परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाल यहि जेठ ७ गते थाइल्याण्डका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका थिए । गत पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले थाइल्याण्डसँगै विभिन्न देशमा रिक्त राजदूत पदमा नियुक्तिको सिफारिस गरेको थियो ।