१३ जना सवार विमान सम्पर्कविहिन,खोजीकार्य तिव्र

१३ जना सवार भारतीय वायु सेनाको एएन–३२ विमान सम्पर्कविहिन भएको छ। सोमबार दिउँसो १२ः २५ बजे असमको जोराहटबाट अरुणाञ्चलका लागि उडेको विमान सम्पर्कविहिन भएको हो ।

उक्त विमानसँग दिउँसो करिब १ बजे अन्तिम सम्पर्क भएको थियो । विमानमा १३ जना सवार रहेको बताइएको छ। उक्त विमानमा चालक दलका आठ जना र अन्य यात्रु पाँच जना रहेका थिए। विमानको खोजीकार्य तिव्र पारिएको छ।