चार बर्षिय बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै शिक्षक पक्राउ

रौतहटको बौधीमाई नगरपालिकामा बाल यौन दुर्व्यवहारको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

चार वर्षकी बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै बौधीमाई नगरपालिका ५ बंकुलका मनेजर राय यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

बंकुल बजारमा रहेको एक निजी विद्यालयमा अध्ययनरत बालिकालाई यादवले अनैतिक काम गरेको भनी बालिकाले अभिभावकलाई जानकारी दिएपछि अभिभावकले प्रहरीमा उजुरी दिएको उजुरी दिएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी नवीन कार्कीले बताए ।

पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धानका नियन्त्रणमा लिएर लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले बताए । यादवमाथि अनुसन्धानका लागि जिल्ला अदालत रौतहटबाट म्याद लिइसकेको छ ।