नचिनेको मान्छेलाई फोन गर्दा श्रीमतीको हत्या

नचिनेको मान्छेलाई फोन गरेको भन्दै धनुषाका एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । सबैला नगरपालिका ४ का २२ बर्षीय रहमत राईनले श्रीमती नुर जहाँ खातुनकोजेठ १७ गते हत्या गरेका हुन् ।

श्रीमती मारेर फरार राइनलाई आइतबार पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ । राइनलाई धनुषा जिल्ला अदालत जनकपुरधामबाट म्याद थप गरी ज्यान सम्बन्धी कसुरमा अनुसन्धान शुरु गरिएको छ ।