छिमेकीलाई हतियार प्रहार गर्ने पक्राउ

छिमेकीलाई धारिलो हतियार प्रहार गर्ने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर हानगरपालिका–११ का ३५ वर्षीय नारायण विकलाई पक्राउ गरेको हो ।

विकले शुक्रबार राति छिमेकी ३४ वर्षीया सोममाया कामीलाई धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारपछि घाइते कामीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि फरार रहेका विकलाई सूचनाको आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका विकलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १२ ज्यानसम्बन्धी कसुरअन्तर्गत १८६ बमोजिम ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।