कार बम विस्फोट हुदा आठ जना प्रहरीको मृत्यु

प्रहरी कार्यालयलाई लक्षित गरी भएको आत्मघाती कार बम विस्फोटनमा परी अफगानिस्तानमा आठ जना प्रहरीको मृत्यु भएको छ ।

घाज्नी प्रान्तमा स्थानीय समय अनुसार शनिबार बेलुका ९.५० बजे विस्फोट भएको हो । घटनामा अरु सात जना घाइते पनि भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

विस्फोटन गराइएको इस्फान्डीस्थित प्रहरी कार्यालय प्रान्तीय राजधानी घाज्नीदेखि झण्डै ६ किलोमिटर टाढा पर्दछ । घटनामा परी घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको प्रान्तीय प्रहरी प्रवक्ता अदाम खान सिरातले जानकारी दिए ।