नेपाल मेडिसिटी अस्पताल, ललितपुरमा आयोजना गरिएको एसिएनएस न्यूरो इन्डोभास्कुलर वर्कसप सकिएको छ । बिहीबार सुरु भएको वर्कसपमा कोर्स डाइरेक्टरका रुपमा जापानका प्रतिष्ठित न्यूरोसर्जन प्रा. नाओया खुयायामा, अन्य ८ जापानी प्रशिक्षक र प्राविधिक उपस्थित थिए । वर्कसपमा नेपालका ४० न्यूरोसर्जनको सहभागिता थियो ।
वर्कसपको उद्देश्य नयाँ प्रविधिबारे ज्ञान हासिल गर्नु र ती प्रविधि आवश्यक पर्ने बिरामीमासफल प्रयोग गर्नु रहेको नेपाल मेडिसिटीका न्यूरोसर्जरी विभाग प्रमुख तथा नेसोनका न्यूरो भाष्कुलर च्याप्टर प्रमुख वरिष्ठ न्यूरोसर्जन प्रा.डा. गोपालरमण शर्माले बताए । वर्कसप डा. शर्माको नेतृत्वमा आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाली न्यूरोसर्जनको प्रतिनिधित्व गर्ने संस्था नेसोनका अध्यक्ष प्रा. मोहन शर्मा, पूर्वअध्यक्ष डा. बसन्त पन्त, नसोनको न्यूरोभाष्कुलर च्याप्टरका महासचिव डा. यमबहादुर रोका पनि सहभागी थिए । सहभागीले वर्कसपमा रहेको सिमुलेटर प्रयोग गरी त्यसलाई प्रयोगात्मकरुपमा उपयोग गर्ने तरिकासमेत सिकेका छन् ।




