सिडियोले रोपिन् कालीमार्सी

गुरु चन्दननाथ बाबाको सेरो ज्युलोमा कालिमार्सी धान रोपिएको छ। चन्दननाथ गुठी समिति रोप्दै आएको मन्दिरको खेत यसपटक भने चन्दनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लाले रोपाइँ गरेको छ।

मार्सी चामलले बजार पाउन थालेपछि जुम्लामा सहकारीले मन्दिरको जग्गा लिजमा लिएर धान रोप्न थालेको हो । सहकारीले लिजमा लिए पनि सहकारीमा आबद्ध स्थानीय महिला चन्दननाथ नमुना माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीको सहभागितामा धान रोपाइँ गरियो।

चन्दननाथ सहकारी सस्थाले आयोजना गरेको चन्दननाथ बाबाको सेरा ज्युलो रोपाइँमा प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे पनि ुरापार्नीु बनेकी छन्। उनले भनिन्, ुजुम्लामा फल्ने मार्सी धानको पहिचान बचाउन हामी सबैले हातेमालो गर्न आवश्यक छ।