गुल्मीमा एक महिलाले २ महिनाकी छोरीको हत्या गरेकी छन् ।
हत्याको अभियोगमा गुल्मीदरवार गाउँपालिका – ४ बाख्रे बस्ने ३६ वर्षीया जमुना बिकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
जमुनाले २ महिनाकी छोरी बिष्णु बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी मीनबहादुर घलेले जानकारी दिए । जमुनाले के कारणले छोरीको हत्या गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





