विश्व सुर्तिजन्य पदार्थरहित दिवसको अवसरमा नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्त्रालयले गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रि नरदेवि पुन मगरलाई सम्मानित गरेको छ।
जनताको स्वास्थ्यलाई मध्यनजर गरी नेपालमै पहिलो पटक प्रदेस स्तरमा सुर्ति जन्य पदार्थको नियन्त्रण तथा नियमन गर्ने ऐन जारी गरी कार्यान्वयनमा ल्याउन महत्वपुर्ण भुमिका निभाउन सफल भएकोमा मन्त्रि पुनलाई सम्मानित गरिएको हो। पुरस्कारको राशि रु ५०,००० रहेको छ ।
सुर्ति जन्य पदार्थको सेवनले नेपालमा बर्सेनि २५ हजार भन्दा बढि मानिसको मृत्यु भइरहेको छ ।




