धनुषाको जानकी मेडिकल कलेजका सञ्चालक समितिका अध्यक्ष ओमप्रकाश पाण्डे(ओपी पाण्डे)लाई जिल्ला प्रशासन कार्यालय धनुषाले पक्राउ पुर्जी नै जारी गरेको छ।
पाण्डेले विभिन्न व्यक्ति, संस्था र कर्मचारीहरुको तलबलगायत लेनदेन बाँकी राखेकाले उनलाई पक्राउ पुर्जी जारी गरिएको हो।
जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत दिनेश साहले विभिन्न निकायहरुबाट उजुरीहरु परेकाले पाण्डेलाई पक्राउ पुर्जी जारी गरिएको बताए । पाण्डेलाई पटक(पटक कार्यालयमा उपस्थित हुन पत्राचार गरेपनि वेवास्ता गरेकाले पक्राउ पुर्जी जारी गरिएको उनले बताए।
मेडिकल कलेजका प्राचार्य डा हुकुमदेव साहले समेत तलबका लागि प्रशासन कार्यालयमा उजुरी दिएका छन्। उनीविरुद्ध धेरै नर्स र चिकित्सकहरुको उजुरी परेको छ। उनीहरुले तलब उपलब्ध गराएर कलेजबाट अवकास लिने माग उजुरी पत्रमा गरेका छन्।




