ताजा समाचार

जेठ १६ गते २०७६

सञ्चार र सुशासनबारे २ दिने अभिमुखीकरण

सञ्चारीका समुह नेपालले दुई दिने अन्तरसंवाद सुरु गरेको छ । पोखरा महानगरपालिकाको साझेदारीमा शुसासनका लागी सञ्चार, सञ्चारका लागी समन्वय विषयक कार्यक्रम बिहीबार सुरु भएको हो ।

उद्धघाटन सत्रमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सञ्चारिका समूह र कार्यपालिका सदस्यले खेल्ने भुमिका के हो भन्ने विषयमा प्रष्ट गरिदिन आग्रह गरे । उनले खोजमुलक पत्रकारितामा जोड दिन पनि आग्रह गरे । उनले भने–“तपाईंहरु खोजमुलक पत्रकारितालाई जोड दिनुस् कहाँनिर गल्ति कमजोरी छ सत्य तथ्य लेख्नुस् ।

पोखरा १ का वडा अध्यक्ष शारदाकुमारी पराजुलीले सार्वजनिक सरोकार एवं सुशासनका विषयमा सुचना पाटीको भन्दा आम सञ्चारको भुमिका महत्वपुर्ण रहने बताइन् । पोखरा २६ का वडा अध्यक्ष नारायणप्रसाद बरालले आगामी दिनमा सबैसँग सहकार्य गरेर समाचार लेख्न आग्रह गरे ।

सञ्चार र राजनीति क्षेत्रको नङ र मासुको जस्तो सम्बन्ध भएको र जनयुद्धमा पनि सञ्चार क्षेत्रले महत्वपुर्ण भुमिका खेलेको पोखरा १३ का वडा अध्यक्ष दर्शन लामाले बताए । १६ का वडाध्यक्ष जीवन प्रसाद आचार्य, वडा नं। ३० का वडा सदस्य रमा नेपाली वडा नं ३१ का वडा अध्यक्षकमल बहादुर थापा लगायतले कार्यक्रममा बोलेका थिए ।

सञ्चारिका समुह गण्डकी प्रदेशका अध्यक्ष स्मिता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष जमुना वर्षा शर्मा, संस्थापक अध्यक्ष दुर्गा भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, नागरिक समाजका अगुवा आनन्दराज मुल्मी लगायत, सञ्चारिकका सचिव कविता श्रष्ठ लगायतले बोलेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्की र अन्नपूर्ण पोष्टका ब्युरो चिफ केशवशरण लामिछानेले सहजीकरण गरेका थिए ।