ताजा समाचार

जेठ १६ गते २०७६

रवीन्द्रको योगदानलाई चिरस्थायी बनाउन प्रतिष्ठान

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री एवम् नेकपाका नेता रवीन्द्र अधिकारीको स्मृतिमा उनको परिवारजन र शुभेच्छुकले प्रतिष्ठान खोल्ने भएका छन् ।

उनको स्मृतिमा बन्ने रवीन्द्र स्मृति प्रतिष्ठान प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पोखरा सभागृहमा कार्यक्रम गरी घोषणा गरिने बिहीबार पत्रकार सम्मेलन गरी जानकार िदिइयो ।

अधिकारीकी पत्नी विद्या भट्टराईले रवीन्द्रले राष्ट्रलाई पु¥याएको योगदानलाई चिरस्थायी बनाउन प्रतिष्ठान स्थापना गर्न लागिएको बताईन् । विद्या प्रतिष्ठानको तदर्थ समिति अध्यक्ष ह्न् । संस्कृति तथा राजनीतिमा अनुसन्धानमुलक काम गरी सरकारलाई सहयोग गर्ने प्रतिष्ठानको लक्ष्य उनले सुनाइन् ।
प्रतिष्ठानका महासचिव रवीन्द्रका सहयात्री धनराज आचार्य छन् । उनले प्रतिष्ठानमा साधारण, आजीवन, विशिष्ट सदस्य गरी ३ प्रकारका सदस्य रहने बताए ।

प्रतिष्ठानका उपाध्यक्ष तथा गण्डकी प्रदेशका सांसद कृष्ण थापाले अन्य प्रतिष्ठानभन्दा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान फरक रहने हुने उल्लेख गरे । रवीन्द्रको फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।