ताजा समाचार

जेठ १६ गते २०७६

झाक्रीले आँगनमै बलि दिए अढाइ वर्षका बालक

भगवानलाई पशु बलि दिएको नौलो होइन, मान्छेकै बलि दिइयो भन्ने किंवदन्तीहरु छन् । किंवदन्ती धनुषामा सत्य सावित भएको छ । अढाई वर्षीय बालक समिरकुमार साहलाई बलि दिएको अभियोगमा एक जना पक्राउ परेका छन् ।

मिथिला नगरपालिका ६ का शम्भु कमार शाहका छोरालाई वैशाख २४ गते अपहरणपछि हत्या भएको प्रहरीको भनाइ छ । हत्या अभियोगमा स्थानीय ५५ वर्षीय शत्रुधन महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले बुधबार महतोलाई उनको घरबाटै पक्राउ गरेको हो । महतो गाउँमा धामीझाँक्री काम गर्थे । उनले नर बलिको नाममा आफ्नै आगनमा बालक हत्या गरेको प्रहरीले जनाएको छ ।